नेभिगेशन
राजनीति

बहानाबाजी गरेर काम नगर्ने छुट कसैलाई छैन : मन्त्री भण्डारी

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जनप्रतिनिधि र कर्मचारीहरुलाई बहानाबाजी गरेर काम नगर्ने छुट नरहेको बताउनुभएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले रुकुम पश्चिमको मुसिकोटमा आयोजना गरेको स्थानीय तहका पदाधिकारी तथा स्वास्थ्यकर्मीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धीको अभिमुखिकरण कार्यक्रममा मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।
मन्त्री भण्डारीले अरुको दवावबाट भन्दा पनि आफै केहि गर्छु भन्ने वाचाका साथ राजनीतिमा जोडिएको हुनाले जिम्मेवारीबाट पन्छिन नहुने बताउनुभयो ।

स्थानीय सरकार सबैैभन्दा नजिकको सरकार भएकाले जनताको गुनासो तथा गाली बढी मात्रामा आउने गरेको यथार्थता रहकोले त्यसलाई स्वीकार गरेर थप जनमैत्री बन्ने अवसरका रुपमा लिन आग्रह गर्नुभयो । उहाँले चुनावपछि जनप्रतिनिधिहरु साझा बन्न नसकेकोले पनि बढी आरोप लाग्ने गरेको जनाउनुभयो ।

उहाँले सरकारले आवश्यक हक र अधिकारको संविधानमै व्यवस्था गरेको र नागरिक कर्तव्य र दायीत्व बोध गराउन आवश्यक देखिएको बताउनुभयो ।

कार्यक्रममा उहाँले मानसिक स्वास्थ्य समस्यालाई समाधानका लागि अत्यावश्यक ठानेर योजना बनाउनु पर्ने बताउनुभयो । तिनै तहका सरकार मिलेर स्वाथ्यका क्षेत्रमा एकिकृत योजनाका साथ काम गर्न आवश्यक रहेको उहाँको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति