सोसल मिडिया
रुकुम पूर्वको पुथा उत्तरगंगा गाँउपालिकाको ३१ औं कार्यपालिका बैठक पर्यटकियस्थल सुनदहमा सम्पन्न भएको छ ।
गाउँपालिकाको वडा नम्वर ३ स्थित पर्यटकीयस्थल सुनदहको प्रचारप्रसार गर्ने उद्देश्यका साथ गाउँ कार्यपालिकाको बैठक सुनदहमा गरिएको गाउँपालिकाले जनाएको छ ।
पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीलेका अनुसार बैठकले सुनदह व्यवस्थापन कार्यविधि, बहुमुल्य जडीबुटी व्यवस्थापन तथा संरक्षण कार्यविधि, स्थानीय मदिरा व्यवस्थापन तथा प्रवर्द्धन बाह्य मदिरा नियन्त्रण कार्यविधि पास गर्ने निर्णय गरेको छ ।
त्यसैगरी स्थानीय सरकार गठन भए पश्चात् हालसम्मका सबै बेरुजु फर्छ्यौट गर्नका लागि लेखा समितिलाई जिम्मा दिने तथा त्यसलाई प्रभावकारी बनाउन आवश्यक परे उप समिति गठन गर्ने, विद्यालयको स्थलगत अनुगमन गरि प्रतिवेदन पेश गर्नका लागि कार्यदल समेत गठन गरिएको छ ।
त्यसका साथै बैठकले स्वास्थ्य, शिक्षा र विकास निर्माण लगायतका विषयमा पनि महत्त्वपूर्ण निर्णयहरू पारित गरेको बताईएको छ । पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना बोकेको उच्च क्षेत्रमा गरिएको कार्यपालिका बैठकको बिशेष महत्व रहेको गाउँपालिकाले जनाएको छ ।