धान र पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा ११ जना घाईते

सोमबार, कात्तिक १२, २०८१

सल्यानमा मिनि ट्रक दुर्घटना हुँदा  ११ जना घाइते भएका छन् ।

कपुरकोट गाउँपालिका–६ सिनवाङ दुवेदेबाट धान र पराल बोकेर सोही ठाउँको छापनेटातर्फ जाँदै गरेको रा १ ख २४०२ मिनि ट्रक दुर्घटना हुदा ११जना घाईते भएका हुन ।

बेलुकी करिब ६ बजेतिर भएको ट्रक दुर्घटनामा परेर स्थानीय १४ वर्षीय गोबर्द्धन खडका, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सृजना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय संजीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी घाइते हुनुभएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरक्षक रेशम खत्रीले  घाइते भएका सबैलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुर दाङ लगिएको वताउनुभयो । उहाका अनुसार  घाइते भएका केहीको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १८:४१
प्रतिक्रिया दिनुहोस्