Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्व : करिब आठ हजार नागरिकता र चार हजार बढी राहदानी वितरण

२०७८ कार्तिक २४
tribeni2

रुकुम पूर्व / जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले हाल सम्म करिब ८ हजार नागरिकता र चार हजार बढी राहदानीको सिफारिस प्रदान गरेको छ ।

मुलकमा जारी भएको नयाँ संविधानसँगै सिंगो रुकुम टुक्रिएर बनेको रुकुम पूर्वको जिल्ला प्रशासन कार्यालयले हालसम्म सात हजार आठ सय ५५ जनालाई नागरिकता वितरण गरेको बताईएको छ । आ.व. ०७४/०७५ बाट छुट्टै जिल्लाको रुपमा प्रशासनिक कार्य गरिएको थियो ।

रुकुम पूर्वमा कार्यालय स्थापना भएको पहिलो वर्ष जिल्ला प्रशासन कार्यालयबाट एक हजार दुई सय १५ महिला र दुई हजार एक सय ५३ पुरुष गरि तीन हजार तीन सय ६८ जनालाई नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मिप्रसाद बास्कोटाले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो वर्ष आ.व. ०७५/०७६ मा आठ सय ९५ महिला र आठ सय ४८ जना पुरुष गरि एक हजार सात सय ४३ जनालाई नागरिकता वितरण गरिएको थियो ।

त्यसैगरी आ.व. ०७६/०७७ मा तीन सय ३० जना महिला र तीन सय ३९ जना पुरुष गरि ६ सय ६९ जनालाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी बास्कोटाले बताउनुभयो ।

आ.व.०७७/०८८ मा ६ सय ६२ महिला र सात सय ६५ जना पुरुष गरि जम्मा एक हजार चार सय २७ जनाले नागरिकता प्राप्त गरेका छन् । साथै चालु आर्थिक वर्ष सुरु भएयताको हालसम्मको अवधिमा भने तीन सय २८ महिला र तीन सय ५६ पुरुष गरि ६ सय ४८ जनालाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जनाएको छ ।

चार हजार बढी राहदानीको सिफारिस

यसैगरी, कार्यालय स्थापना भएदेखि हालसम्मको अवधिमा चार हजार तीन सय ९० जनाले राहदानीको लागि सिफारीस लिएका छन् । आ.व. ०७४/०७५ मा चार सय ३५ जना महिला र नौ सय दुई जना पुरुष गरि जम्मा एक हजार तीन सय ३७ जनाले राहदानीको लागि सिफारीस लिएका थिए ।

प्रशासन कार्यालयका अनुसार अर्थिक वर्ष ०७५/०७६ मा दुई सय १७ महिला र आठ सय ८६ पुरुष गरि एक हजार एक सय तीन जनाले राहदानीको लागि सिफारीस लिएका छन् । यस्तै ०७६/०७७ मा दुई सय १४ महिला र पाँच सय ४७ पुरुष गरि सात सय ६१ जनाले राहदनीको लागि सिफारीस लिएका छन् ।

यसैगरी ०७७/०७८ मा एक सय ६५ महिला र पाँच सय चार जना पुरुष गरि जम्मा ६ सय ६९ जनाले राहदानीको लागि सिफारीस लिएका छन् । यस्तै चालु आर्थिक सुरु भएसँगै हालसम्मको अवधिमा एक सय २५ र तीन सय ३९ जना पुरुष गरि पाँच सय २० जनाले राहधानीको लागि सिफारीस लिएको प्रमुख जिल्ला अधिकारी बाँस्कोटाले बताउनुभयो । उहाँका अनुसार अहिले राहदानीको लागि सिफारीस लिनेहरुमा ६० प्रतिशत भन्दा बढी २५ देखि ४० वर्ष उमेर समुहका रहेका छन् ।

यसैगरी गत वर्षको भदौबाट सुरु भएको राष्ट्रिय परिचय पत्र सुरुको वर्षमा २ हजार १ सय ६२ जनालाई वितरण गरिएको छ । यस वर्षको अहिलेसम्मको अवधिमा दुई हजार १५ जनाले राष्ट्रिय परिचय पत्र बनाएका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १४:११
प्रतिक्रिया दिनुहोस्