सानीभेरीको राप्ट्रपति रनिङ शिल्ड राप्ती ज्ञानोदय मावि सिम्लीलाई

सोमबार, कात्तिक १२, २०८१

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका स्तरीय छैटौं राष्ट्रपती रनिङ शिल्ड राप्ती ज्ञानोदय मावि सिम्लीले प्राप्त गरेको छ। छैठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधिसँगै राप्ती ज्ञानोदय माविले सिम्लीले लगातार तीनपटक शिल्ड हात पारेको हो ।

राप्ती ज्ञानोदय मा.वि. सिम्लीले राष्ट्रपती रनिङ शिल्डको उपाधी तीन पटक हात पारेर शिल्ड आफ्नो बनाउन सफल भएको शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत भूपाल सिं विष्टले जानकारी दिनुभयो । अधिकृत विष्टका अनुसार राप्ती ज्ञानोदय मावि सिम्लीले २१ स्वर्ण¸ ११ रजत र ४ काश्य गरी जम्मा ३६ पदक जितेरे उपाधी हात पारेको छ भने दोस्रो हुनेमा सानीभेरी मा.वि. वलिबाङ रहेको छ । वलिबाङले ६ स्वर्ण¸ ८ रजत र १३ काश्य गरी जम्मा २७ पदक हात पारेको छ ।

त्यस्तै तेस्रो हुने विद्यालय सूर्योदय मावि बेल्टापु रहेको छ । जसले ६ स्वर्ण¸ ७ रजत र ११ काश्य गरी जम्मा २४ पदक जितेको छ । सान्त्वना हुने नेपाल राष्ट्रिय मावि घापागार रहेको छ जसले २ स्वर्ण¸ ४ रजत र १० काश्य गरी जम्मा २४ पदक प्राप्त गरेको छ ।

छैटौं राष्ट्रपती रनिङ शिल्ड सानीभेरी ३ को वेल्टापु रंगशालामा सञ्चालन भएको थियो । शिल्डमा गाउँपालिकाका ९ वटा विद्यालयको सहभागिता रहेको थियो भने प्रतियोगितामा छात्र र छात्रा भलिबल प्रतियोगिता, छोटो तथा लामो दुरी एक सय मिटर देखि ३ हजार मिटर सम्मको रिले दौड प्रतियोगिता, हाइजम्प, लङजम्प, त्रिपलजम्प प्रतियोगिता, सटपुट प्रतियोगिता, ज्यावलिङ थ्रो प्रतियोगिता र तेक्वान्दोका तर्फका १२ विधा लगायत ८ विधाका प्रतियोगिताहरु सञ्चालन भएका थिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्