चण्डीदल गणबाट ७६ जना सैनिक दीक्षित

बुधबार, कात्तिक १४, २०८१

रुकुम पश्चिममा रहेको नेपाली सेनाको श्री चण्डीदल गणमा सञ्चालित सैन्य आधार तालिमको बुधबार दिक्षान्त समारोह सम्पन्न भएको छ । 

गणमा सञ्चालन भएको सि.सं. ६ सैन्य आधार तालिमको दिक्षान्त समारोहमा ७६ जना सैन्यहरु सिपाहीमा दिक्षित हुनुभएको हो ।

दिक्षान्त समारोहमा बोल्नुहुँदै गणपती एवम् प्रमुख सेनानी शरद थापाले सैनिक जवानहरुलाई सेनाको व्यवसायीकता र पेशागत मर्यादाभित्र रहि देशको सेवामा दत्तचित्त भएर लाग्न निर्देशन दिनुभएको छ । उहाँले नौ महिने तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाही दर्जामा नियुक्त हुने सैन्यहरूलाई बधाई तथा शुभकामना दिनुका साथै तालिम टोलीद्वारा प्रदर्शन गरिएको कवाजको निरीक्षण गर्नुभएको थियो ।

passout-1730265979.JPGप्रमुख सेनानी थापाले नेपाली सेनाको मूल्य, मान्यता र परम्परालाई पालन गर्दै जस्तोसुकै परिस्थितिमा पनि राष्ट्र, जनता र नेपाली सेनाप्रतिको जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली सेनाको गरिमा र स्थापनाको महत्व बुझेर मातृभूमिको रक्षाको लागि हरदम तयार रहन समेत अनुरोध गर्नुभयो ।  

यस अवसरमा सी.सं. ६ सैन्य आधार तालिममा उत्कृष्ट हुन सफल पाँच जना सैनिक जवानलाई पुरस्कृत गरिएको थियो । सर्वोत्कृष्ट हुन सफल रबिन्द्र बिक, शारीरिक सहिष्णुतातर्फ गोपाल नेपाली, फायरिङ्गमा सुरेश बिक, बाधापारमा नरेश चौधरी र ड्रिलतर्फ नव राज घर्तीले पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँहरूलाई गणपति प्रमुख सेनानी थापाले पुरस्कृत गर्नुभएको हो ।

IMG-20241030-WA0007-1730265973.jpgदीक्षान्त समारोहस्थलमा दीक्षित हुनुभएका सिपाहीहरूका परिवार फुलमाला सहित शुभकामना र बधाई दिन पुग्नुभएको थियो । समारोहमा रुकुम पश्चिम र रुकुम पूर्वका प्रमुख सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सरकारी कार्यालयमा प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । 

1H9A7623-1730265972.JPG
 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्