Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शिविरमा ६ सय ४९ जनाले नागरिकता लिए

मुलपाटी / डोटी
tribeni2

२५ फागुन ।

डोटीको सायल गाउँपालिकामा सञ्चालन भएको तीन दिने एकिकृत घुम्ती शिविरबाट ६ सय ४९ जनाले नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका छन् ।

सायल गाउँपालिकाको सहकार्यमा जिल्ला प्रशासन कार्यालय डोटीले मंगलबारदेखि सञ्चालन गरेको एकिकृत घुम्ती शिबिरबाट नागरिकताका साथै अन्य सेवाहरु पनि उपलब्ध गरिएको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । “६ सय ४९ जनाले नागरिकता प्राप्त गरेका छन्” पौडेलले भने ‘बिहिवार साँझ अवेरसम्म पनि हामीले नागरिकता वितरण गर्नु प¥यो ।’

शिविरमा ५ सय ५० जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको पौडेलले जानकारी दिए । यस्तै चार सय ७७ जनाको स्वास्थ्य उपचार तथा चेकजाँच गराएको, एक सय कृषकहरुले पशु पशु स्वास्थ्य उपचार गराएको, साठी जनाले कृषि सेवा लिएको पौडेलले जानकारी दिए । शिविरबाट चिकित्सकद्वारा पैतिस जना अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्रका परिचय पत्र प्रदान गर्नका लागि गाउँपालिकालाई सिफारिस गरिएको छ । दुई सय ५० जनालाई बहुक्षेत्रीय पोषण सम्बन्धी जानकारी लगायतका सेवाहरु प्रदान गरिएको वताईएको छ ।

नागरिकता प्राप्त गर्नेहरुमा चार सय महिला र दुई सय ४९ जना पुरुष रहेका छन् । ‘अझै पनि महिलाहरु घर बाहिर जान सकेका छैनन्, गाउँपालिकाका अध्यक्ष तेजवहादुर डुम्रेलले भने ‘महिलाहरुलाई नागरिकता लिनका लागि सहज होस् भन्ने उद्देश्यलेनै गाउँपालिकाले शिविर सञ्चालनका लागि पहल गरेको हो ।’ उनले ‘स्थानीयस्तरमा घुम्ती शिविर सञ्चालन गर्दा एकातिर महिलाहरुले सहजै नागरिकता लिन पाएको र अर्कोतिर जिल्ला सदरमुकाम जाँदा लाग्ने खर्च र समय दुवै बचत भएको वताए ।

ग्रामिण क्षेत्रमा सेवा शिविर सञ्चालन गर्दा सेवा ग्राहीहरुलाई प्रत्येक्ष रुपमा लाभ प्राप्त हुन्छ’ सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने ‘त्यसैले आगामी दिनमा पनि स्थानीय तहहरुसंग समन्वय गरेर जिल्लाका अन्य स्थानमा पनि एकिकृत घुम्ती शिविर संंचालन गर्ने सोच छ ।’ जिल्ला प्रशासन कार्यालयको रेकर्ड अनुसार पछिल्लो समयमा ग्रामीण भेगमा संचालन गरिएका शिबिरहरुबाट हजारौ सर्वसाधारणलाई राहात पुग्ने पौडेलको दावी छ ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका बिच सहकार्य गरेर डोटीमा पहिलो पटक यो भन्दा पहिले एकिकृत घुम्ती शिबिर बोगटान गाउँपालिकामा संचालन गरिएको थियो भने यो दोस्रो शिबिर हो ।

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  १०:०३
प्रतिक्रिया दिनुहोस्