Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पूर्व कृषिमन्त्रीको यो कृषि मोह: कृषकको घर-घरमा पुग्दै , खेती हेर्दै

२०७८ कार्तिक २४
tribeni2

रुकुम पश्चिम / कर्णाली प्रदेश सरकार, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पूर्वमन्त्री माननीय सांसद बिमला के.सी. अहिले पनि कृषकको घरघरमा पुगिरहनुभएको छ । आर्थिक क्रान्तिको मूख्य आधार कृषि क्षेत्र भएकाले कृषकलाई प्रोत्साहन र उत्साहित पार्न उहाँ कृषकको घर-घरमा पुगिरहनुभएको हो ।

आफु भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री हुदा विभिन्न क्षेत्रका कृषि तथा कृषक फर्महरुलाई विभिन्न किसिमका अनुदान तथा प्रोत्साहन दिएको र त्यसको दिगोपना भए नभएको बारेमा बुझ्न पूर्वमन्त्री के. सी. कृषकको बारी सम्म पुग्ने गरेको बताउनुहुन्छ । 'आफु हाल कृषिसंग सम्बन्धित मन्त्रालयमा नभएपनि आफुले सुरुवात गरेको काम दिगो होस भन्ने हो' उहाँले भन्नुभयो, 'कृषि क्षेत्रबाट समृद्धि हासिल हुन्छ भन्ने कुरा प्रमाणित गर्नुछ ।'

पूर्वमन्त्री केसीले मंगलबार सानीभेरी गाउँपालिका वडा नं ११ मा रहेको भूपाल सिं ओली र यक्क बहादुर ओलीको किवी र सुन्तला बारीको अवलोकन गर्नुभएको छ । किवि र सुन्तला बारीको अवलोन गर्दै सांसद केसीले खेतीबारी देखेपछी आफुलाई गर्वको अनुभुति भएको बताउनुभयो ।

गरेपछी के हुदैन र भन्ने कुराको पुष्टी कृषक भूपाल सिं ओली र एक्कबहादुर ओलीले गरेको सांसद केसीले बताउनु भयो । कृषि फर्म देखेपछी आफु एकदमै उत्साहित भएको समेत सांसद केसीले जनाउनुभयो ।

सांसद केसीले कृषि क्षेत्रमा लाग्ने सबै कृषकलाई आफुले सदैब साथ दिने र प्रोत्साहित गर्ने समेत प्रतिबद्धता जनाउनुभएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १४:११
प्रतिक्रिया दिनुहोस्