सोसल मिडिया
रुकुम पश्चिममा घाईते अवस्थामा रहेको एक पोथी चितुवाको उद्धार गरिएको छ ।
डिभिजन वन कार्यालय रुकुम पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका १० चिप्लेडाँडा खोलाबाट चितुवाको उद्धार गरेको हो ।
डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारले वडा कार्यालयले दिएको सूचना अनुसार खटिएको टोलीले घाईते अवस्थामा रहेको चितुवाको उद्धार गरेको जानकारी दिनुभयो । उहाँका अनुसार उद्धारगरेर ल्याईएको चितुवालाई अहिले पशु अस्पताल तथा पशु सेवा कार्यालयमा उपचारको लागि लगिएको छ ।
अन्दाजी चार महिना जतिको त्यस चितुवाको टाउकोमा चोट रहेको डिभिजन प्रमुख परियारले बताउनुभयो । चितुवाको अवस्था सामान्य रहेको बताईएको छ । उपचार पश्चात चितुवाको अवस्था हेरेर जगंलमा छोड्ने की चिडियाखाना छोड्ने भन्ने निर्णय गर्ने डिभिजन वन कार्यालय रुकुम पश्चिमको भनाई रहेको छ ।
वडा अध्यक्ष धनबहादुर खड्काले चितुवा घाइते अवस्थामा फेला पारेपछि डिभिजन वन कार्यालय खवर गरेको र कार्यालयबाट वन रक्षक रणबहादुर डाँगीसहितको टोली आएर उद्धार गरेको जानकारी दिनुभयो ।