नेभिगेशन
घटना/दुर्घटना

नेपालगन्जबाट रुकुम आउँदै गरेको गाडीमा गुडिरहेकै बेला आगलागी

बाँकेको नेपालगञ्जदेखि रुकुम पश्चिम आउँदै गरेको फोर्स गाडीमा आगलागी भएको छ।

चौरजहारी नगरपालिकाको वडा नम्बर ११ चौफातर्फ आउँदै गरेको भे १ ख ३७५० नम्बरको फोर्स  गाडी बुधबार बेलुका सल्यानको बागचौर नगरपालिका -१ चोरखोला नजिकै  आगलागि भएको हो ।  

घटनाका वारेमा पुरा जानकारी प्राप्त नभएको सल्यान प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यान प्रहरी प्रमुख केशर न्यौपानेका अनुसार गुडिरहेको गाडीमा तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । गाडीमा २९ जना सवार थिए । घटनास्थलमा प्रहरी पुगेको छ ।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन। गाडी जलेपछि यात्रुहरुका सबै सामग्री जलेर नष्ट भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना