chrj chrj
chrj chrj

यस पटक बेल्टापु मेलामा के-के हुदैछ ?

मेलाको रौनक बढाउन भलिबल, क्रिकेट र ब्याडमिन्टन हुने
२०७८ कार्तिक २४
  • गोपालसिंह खड्का

रुकुम पश्चिम/ यस पटक बेल्टापु मेलाको रौनक खेलकुदले बढाउने भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा नं.३ को बेल्टापुमा लाग्दै आएको परम्परागत बेल्टापु मेलामा बिभिन्न सास्कृतिक प्रस्तुतिहरुसँगै बिभिन्न खेलकुदहरु हुने भएका छन् ।

ward1

सानीभेरी खेलकुद विकास समितिले बिभिन्न खेलकुदका कार्यक्रम आयोजना गरेको छ । कार्तिक ३० गते देखि मेलाको अवसरमा महिला पुरुष भलिबल, क्रिकेट र व्याडमिन्टन खेल आयोजना गरिएको समितिका सचिव बालकुमार नकालले बताउनुभयो ।

यस अघिका बर्षमा महिला पुरुष भलिबल मात्रै सञ्चालन हुने गरेकोमा यस बर्ष क्रिकेट र व्याडमिन्टन खेल थप गरिएको सचिव नकालले जानकारी दिनुभयो ।

दर्ता शुल्क ७ हजार राखिएको पुरुष भलिबल खेल जित्नेले १ लाख ६ हजार र उपविजेताले ६६ हजार नगद पुरस्कार पाउने छन् । सेमिफाईनलमा पुग्ने २ टीमले २६/२६ हजार पुरस्कार पाउने बताईएको छ ।

महिलातर्फको भलिबल खेलमा भने दर्ता शुल्क ४ हजार राखिएको छ भने बिजेता र उपविजेतालाई ६६ हजार र ४० हजार पुरस्कार राखिएको छ । सेमिफाईनलमा पुग्ने २ टीमले १३/१३ हजार नगद पाउने आयोजकले बताएको छ । खेल खुल्ला वडा स्तरीय हुने सचिव नकालले बताउनुभयो ।

क्रिकेट र व्याडमिन्टन खेलको लागि दर्ता शुल्क रु दुई/दुई हजार रहेको छ भने व्याडमिन्टन खेलको विजेताले २६ हजार र उपविजेताले १५ हजार पाउने छन् । सेमिफाईनलमा पुग्ने २ जोडीले ५,५ हजार पुरस्कार पाउने छन् ।

क्रिकेट खेलको विजेताले ४० हजार र उपविजेताले २० हजार पुरस्कार पाउने छन् । व्याडमिन्डन खेल खुल्ला हुनेछ भने क्रिकेट पालिका स्तरीय हुने सानीभेरी खेलकुद विकास समितिका अध्यक्ष भिमप्रकाश विकले जानकारी दिनुभएको छ ।

खेलमा प्रतिश्पर्धाको लागि कार्तिक २९ गतेसम्म दर्ता अवधि तोकिएको छ । ३० गतेबाट सुरु हुने खेलमा खेलाडीहरुले वडा, पालिकाको सिफारिस र आफ्नो परिचय खुल्ने कागज ल्याउनुपर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्