सोसल मिडिया
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलीको भित्रि सडकमा जीप दुर्घटना भएको छ ।
शनिबार राती १० बजे दुलीबाट जिल्ला सदरमुकाम मुसिकोट खलङगातर्फ फर्कदै गरेको ग १ ज ४०३५ नम्वरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा परेर जीप चालक दुली निवासी २६ वर्षीय बिरेन्द्र गौतम घाईते हुुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो । घाईतेलाई उद्धार गरेर जिल्ला अस्पताल सल्लेमा उपचारको लागि ल्याईसकिएको र अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।
प्रहरी निरीक्षक पाठकका अनुसार उक्त जीपले खलङगाबाट दुलीको हाँसुसम्म यात्रुहरु लिएर गएको थियो । यात्रुहरुलाई गन्तव्यमा पुर्याएर फर्कने बेला जीप दुर्घटनामा परेको हो । ब्याक गर्ने बेलामा जीप पल्टिएर करिब ४० मिटर तल खसेको र जीपमा चालक मात्र रहेको उहाँले जनाउनुभयो ।