सोसल मिडिया
रुकुम पश्चिमको विभिन्न स्थानमा असिना पानी परेको छ ।
सोमबार बेलुका परेको असिना पानीको कारण किसानले लगाएको गहुँ, तोरी र फलफुल खेतिमा क्षति पुगेको किसानहरुको भनाई छ । त्रिवेणी गाउँपालिका -७ राजकोटकी रामसरा खड्काले भर्खरै लगाएको गहुँ खेती असिना पानीले बगाएको बताउनुभयो ।
उहाँले ठुलो मात्रामा परेको पानीले धान खेती ढल्याउदै गरेका र गहुँ खेती लगाउदै गरेका किसानलाई मर्कामा पारेको जनाउनु भयो । अर्का किसान शंकर डाँगीले गहुँ, तोरी र फलफुल खेतीमा क्षति पुगेको जानकारी दिनुभयो । उहाँले गहुँ र तोरी बगाएको र असिनाले सुन्तला, कागती झारेको बताउनुभयो ।
असिना पानीले अन्य स्थानमा धान र पराल ढल्याउदै गरेका किसानलाई समस्यामा पारेको छ । असिना पानीले त्रिवेणी गाउँपालिका, मुसिकोट नगरपालिका र चौरजहारी नगरपालिकाका वडा नम्बर १३, १४ को क्षेत्रमा बढी क्षति गरेको बताइएको छ ।