Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

छठ पर्वको अवसरमा आयोजित भलिबल खेल सम्पन्न

२०७८ कार्तिक २४
tribeni2
  • गोपालसिंह खड्का

रुकुम पश्चिम / छठ पर्वको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १० मा सञ्चालन भएको भलिबल खेल सम्पन्न भएको छ । पर्वको अवसर पारी जनप्रिय मयुर युवा क्लव सानीभेरी १० अर्माडाँडाको आयोजनामा खेल सञ्चालन गरिएको थियो ।

मयुर युवा क्लवका सल्लाकार गोपाल शेर्पालीले दिनुभएको जानकारी अनुसार भलिबल खेलमा सानीभेरी गाउँपालिका वडा नं. ६ले प्रथम स्थान ल्याई नगद १० हजार सहित प्रमाण पत्र प्राप्त गरेको छ । द्धितिय स्थान प्राप्त गरेको वडानं. ७ ले ८ हजार सहित प्रमाण पत्र र तृतिय स्थान ल्याउन सफल वडानं. ४ ले ६ हजार सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रथम पुरस्कारको प्रायोजन पूर्व जनमुक्ति सेना बागविर खड्काले गर्नुभएको थियो । त्यसैगरी द्दितिय पुरस्कारको प्रायोजन बमबहादुर शेर्पाली र खिमप्रकाश खड्काले गर्नुभएको थियो भने तृतिय पुरस्कारको प्रायोजन सानीभेरी ११ धनारा घरभई हाल मलेसिया रहेका कर्ण बि. क. ले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  २०:११
प्रतिक्रिया दिनुहोस्