यी हुन् बागलुङमा बस दुर्घटना हुँदा घाईते भएका २६ जना यात्रुहरु

बुधबार, कात्तिक २१, २०८१

बुधबार रुकुम पूर्वको रुकुमकोटबाट काठमाडौ जाँदै गरेको रात्री बस दुर्घटना हुँदा घाईते हुने २६ जनाको नाम र अवस्था सार्वजनिक गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय बागलुङले उपलब्ध गराएको सूचना अनुसार आज बुधबार दिउँसो साढे ४ बजेतिर ना ८ ख ८४१४ नम्बरको बस बागलुङको निसिखोला गाउँपालिका ६ को जाउलेपानीमा दुर्घटना परेको थियो ।

दुर्घटनामा परेका चार जनाको अवस्था मध्यम रहेको छ भने २२ जनाको अवस्था सामान्य रहेको छ । 

बाग्लुङ प्रहरीले उपलव्ध गराएको घाईतेहरु विवरण :
१. सर्लाही कैलाशे न.पा.५ बस्ने बर्ष–४० को प्रमोद कुमार यादव । ढाडमा चोट, अवस्था सामान्य ।
२. जुम्ला हिमा गा.पा.–१ बस्ने बर्ष–३१ को बिनोद शाही । बाँया खुट्टामा चोट, अवस्था मध्यम ।
३. रुकुम पूर्व सिस्ने गा.पा.–८ बस्ने बर्ष–४९ को पदम बहादुर बुढा । अनुहार र ढाडमा चोट, अवस्था मध्यम ।
४. रुकुम पूर्व सिस्ने –६ बस्ने बर्ष–२८ को सज्ञान मल्ल । टाउको र बाँया खुट्टामा चोट, अवस्था मध्यम ।
५. रुकुम पूर्व सिस्ने गा.पा.–६ बस्ने बर्ष–१४ की निशा बुढा । बाहिरी चोट नदेखिएको, अवस्था सामान्य ।
६. रुकुम पूर्वको धारवाङ बस्ने बर्ष–६० की मनी रोका । बाहिरी चोट नभएको, अवस्था बेहोस ।
७. रुकुम पूर्व उत्तरगंगा गा.पा.–९ बस्ने बर्ष–२३ की पम्फा के.सी. । दाहिने हातमा चोट, अवस्था सामान्य ।
८. धनुषा जनकपुर उप.म.न.पा.–४ बस्ने बर्ष–२९ को मेघ बहादुर राना । अनुहारमा चोट, अवस्था सामान्य ।
९. रुकुम पश्चिम मुसिकोट गा.पा.–१० बस्ने बर्ष–२३ की अन्जली बुढा मगर । दाहिने हात र ढाडमा चोट, अवस्था सामान्य ।
१०. रुकुम पूर्वको भूमे गा.पा. दालिवाङ बस्ने बर्ष–१९ की सनिमा बुढा मगर । ढाडमा चोट, अवस्था सामान्य ।
११. जाजरकोट नलगाड गा.पा.–९ बसने बर्ष–३१ की अमृता बि.सी. । दाहिने हातमा चोट, अवस्था समान्य ।
१२. बागलुङ ढोरपाटन न.पा.–१ बस्ने बर्ष–२४ को खिम बहादुर राना । दुबै हातमा चोट, अवस्था सामान्य ।
१३. व्रिटिस नागरिक पासपोट नं. नखुलेको बर्ष–६१ की सुजि पिई । टाउकोमा चोट, अवस्था सामान्य ।
१४. जाजरकोट नलगाड न.पा.–९ बस्ने बर्ष–२६ की सविता बुढा । ढाडमा चोट, अवस्था सामान्य ।
१५. रुकुम पूर्व भुमे गा.पा.–७ बस्ने बर्ष–४७ की भिमेश्वर बुढा । छातिमा चोट, अवस्था सामान्य ।
१६. सोलुखुम्बु घर बताउने बर्ष–५२ को खालस्याङ शेर्पा । टाउकोमा चोट, अवस्था सामान्य ।
१७. रुकुम पूर्व घर बताउने बर्ष–५८ को केर बहादुर राना । बाहिरी चोट नभएको, अवस्था सामान्य ।
१८. रुकुम पूर्व घर बताउने बर्ष–१९ की सुनिता बुढा मगर । बाहिरी चोट नभएको, सामान्य ।
१९. सोलुखुम्बु दुधकुण्ड न.पा.–१ बस्ने बर्ष–५० को गुन बहादुर मगर । दुबै हात खुट्टामा चोट, अवस्था सामान्य ।
२०. घर ठेगाना नखुलेका बर्ष–३६ को कृतिमान राई । ढाडमा चोट, अवस्था सामान्य ।
२१. रुकुम पश्चिम घर बताउने बर्ष–१८ की निशा खड्का । दुबै हातमा चोट, अवस्था सामान्य ।
२२. रुकुम पूर्वको बर्ष–१४ की विश्वदिप घर्ति मगर । टाउकोमा चोट, अवस्था सामान्य ।
२३. बर्ष–१९ को बिशाल घर्ती मगर । टाउको र दुबै हातमा चोट, अवस्था सामान्य ।
२४. रुकुम पूर्व उत्तरगंगा गा.पा.घर बताउने बर्ष–४५ को प्रेम तुलाचन । दुबै खुट्टामा चोट, अवस्था सामान्य ।
२५. धनुषा जनकपुर उपम.न.पा. घर बताउने बर्ष–५८ चेत बहादुर राना । टाउकोमा चोट, अवस्था सामान्य ।
२६. काठमाण्डौ घर बताउने बर्ष–२३ को सुमन खड्का । ढाडमा चोट, अवस्था सामान्य ।

सम्बन्धित समाचार ...

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  २०:०१
प्रतिक्रिया दिनुहोस्