रुकुम प्रहरीमा एआईजी ढकालद्वारा निरीक्षण र निर्देशन

बिहीबार, कात्तिक २२, २०८१

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भिम प्रसाद ढकालले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । 

निरीक्षण तथा अनुगमनको सिलसिलामा रुकुम पश्चिम आउनु भएका एआईजी ढकालले बिहिबार जिल्ला प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण गरेर निर्देशन दिनुभएको हो । 

जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार एआईजी ढकालले शान्ति सुरक्षा, अपराध अनुसन्धान र प्रहरी कार्य सम्बन्धमा निर्देशन दिनुभएको छ । 

यस क्रममा उहाँले प्रहरी कसैको दवाव र प्रभावमा नपरेर जनताको जीउधन र शान्ती सुरक्षाको लागि अहोरात्र खट्नुपर्ने बताउनुभएको छ । प्रहरी माथि जनताले गरेको आशा र भरोसा जोगाईराख्न सकेमा नेपाल प्रहरीको साख अझ बढ्ने बताउनुहुँदै एआईजी ढकालले गुनासोरहित प्रहरी सेवाका लागि खटिन निर्देशन दिनुभयो । 

उहाँले प्रहरी संगठनको छवि र छाप जनताका माझ सधै सकारात्मक हुनुपर्ने र त्यसका लागि सबै तह र दर्ताका प्रहरी जिम्मेवारी बन्नुपर्नेमा जोड दिनुभयो । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्