मुसिकोटमा मङसिर १ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड सञ्चालन हुने

आइतबार, कात्तिक २५, २०८१

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा मङसिर १ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड सञ्चालन हुने भएको छ । 

आईतबार नगर प्रमुख महेन्द्र केसीको अध्यक्षतामा बसेको  प्रधानाध्यापकहरुको ४२ औं बैठकले मुसिकोट नगरपालिका वडा नम्वर ४, ६ र ११ को सिमानामा रहेको ट्याखोलामा राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्ने निर्णय गरेको हो । 

नगर प्रमुख केसीको सचिवालय प्रमुख सुर्य शर्माका अनुसार यो शिल्ड तेस्रो रनिङ शिल्ड हो । 

मुसिकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार शिल्डमा नगरपालिका भित्रका १९ ओटा माध्यमिक स्तरका विद्यालयहरुको सहभागिता रहने छ । शिल्डमा भलिबल, दौड, मार्सल आर्ट, सटफुट, हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो लगायतका खेलहरुमा प्रतिश्पर्धा हुने बताईएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्