मुसिकोटको बालमन्दिरमा ‘घरज्वाइँ’ 

सोमबार, कात्तिक २६, २०८१

रुकुम पूर्वमा छायांकन गरिएको र चर्चामा रहेको चलचित्र ‘घरज्वाइँ’ रुकुम पश्चिमको मुसिकोटमा प्रदर्शन हुने भएको छ ।

मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र  ‘घरज्वाइँ’ कात्तिक २८ गतेदेखि मुसिकोट नगरपालिका १ खलंगामा रहेको बाल मन्दिरमा प्रदर्शन हुन लागेको हो । 

उक्त चलचित्रका कलाकार सुरेश पुनका अनुसार कात्तिक २८ गतेदेखि मंसिर १ गतेसम्म चार दिन बालमन्दिरको हलमा चलचित्र  ‘घरज्वाइँ’ प्रदर्शन गर्न लागिएको हो । उहाँका अनुसार दैनिक कम्तिमा तीन शो हुनेछ । 

जिएम मुभिज र एबिएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘घरज्वाइँ’मा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), सुनिल रोका, सुरेश पुन, राज थापा, कविता आले, शिला आलेलगायत कलाकारको अभिनय देख्न सकिन्छ । 

विवाह संस्कृतिलाई प्रस्तुत गरिएको उक्त चलचित्रको कथा लेखन र निर्देशन रुकुम पूर्वकै अनिल बुढा मगरले गर्नुभएको छ । 

चलचित्र ‘घरज्वाइँ’ले मनोरञ्जनसँगै मगर समुदायको संस्कृतिलाई प्रस्तुत गरेको छ । यसका साथै घर ज्वाइँ बस्ने परम्परालाई छोरीप्रतिको उच्च सम्मानका रुपमा सो चलचित्रमा देखाइएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ससुरा रिझाउने ‘घरज्वाइँ’
सोमबार, कात्तिक २६, २०८१

अभिनेता पल शाहले पाए पूर्ण सफाइ
सोमबार, कात्तिक २६, २०८१