Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पेट्रोलियम पदार्थको मुल्यबृदि बिरुद्ध ६ बिद्यार्थी संगठन संघर्षमा (संघर्षका कार्यक्रमहरु)

मूल्यबृद्धि फिर्ता लिन माग
२०७८ कार्तिक २५
tribeni2

काठमाडौ / बिभिन्न ६ ओटा बिद्यार्थी संगठनले सरकारले हालै गरेको पेट्रोलियम पदार्थको मुल्यबृदि बिरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

आज एक संयुक्त प्रेस विज्ञप्ति गर्दै नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैया, डिजलमा ३ रुपैया, मट्टितेलमा ३ रुपैया, हवाई ईन्धनमा ५ रुपैया र एलपी ग्यासमा ७५ रुपैया मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकता प्रति गैरजिम्मेवार बनेको भन्दै संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

मुल्य समायोजन भन्ने बहानामा अन्तराष्ट्रिय बजारमा मुल्य बढ्दा बढाउने तर घट्दा नघटाउने, आयल निगम लगायतका सरकारी निकायहले चुहावट नियन्त्रण नगरि जनताको आधारभूत आवश्यकतासँग जोडिएका वस्तुहरुमा मुल्य वृद्धि गरेर आफ्ना निकाय र भ्रष्ट कर्मचारीको मनोमानिलाइ लुकाउन निरन्तर घाटामा देखाउने कामको संयुक्त विद्यार्थी संगठनले खेद व्यक्त गरेको छ ।

बिज्ञप्तीमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ ।

संघर्षका कार्यक्रमहरुमा कार्तिक २५ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवलाई ज्ञापनपत्र बुझाउने, कार्तिक २६ गते आयल निगमका महाप्रबन्धक लगायत कर्मचारीलाई प्रवेश निषेध तथा घेराउ गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी कार्तिक २८ गते प्रदर्शनी मार्गमा खालि सिलिन्डर प्रदर्शन गर्ने, ३० गते देशभर आयल निगमको कार्यालयमा कालो ब्यानर राखि बिरोध गर्ने र मङ्सिर २ गते माईतिघर मण्डला सडक बहस गर्ने कार्यक्रम तय गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले जानकारी दिनुभयो ।

बिज्ञप्तीमा अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजबादी बिद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (क्रान्तिकरी)का अध्यक्ष हरिकृष्ण गजुरेल , अखिल (क्रान्तिकरी)का अध्यक्ष प्रकाश शाही र अखिल छैठौका अध्यक्ष देवेन्द्र कुँवरले हस्ताक्षर गर्नुभएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  २०:११
प्रतिक्रिया दिनुहोस्