सोसल मिडिया
सोमबार जाजरकोटमा फोर्स र बोलेरो जिप दुर्घटनाका नौ जना गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
भेरी नगरपालिका–१३ र नलगाड नगरपालिका–४ मा भएको छुट्टाछुट्टै दुर्घटनामा परी गम्भीर घाइते भएकालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि प्रदेश अस्पतला सुर्खेत पठाइएको हो ।
भेरी नगरपालिका–७ स्याउलीबजारबाट नेपालगञ्जका लागि छुटेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका–१३ कुदु जिरो प्वाइन्ट नजिक दुर्घटना हुँदा २५ जना घाइतेमध्य सात जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको हो ।
यसैगरी, बारेकोट गाउँपालिकाको लिम्साबाट सदरमुकाम खलङ्गातर्फ आउँदै गरेको बोलेरो जिपमा नलगाड नगरपालिका–४ बाउसेखोला टोट्केमा दुर्घटना हुँदा सवार सात जना यात्रुमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले जाजरकोट अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा पठाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुसार अन्य घाइतेहरुको जाजरकोट अस्पतालमा उपचार भइहरहेको बताउनुभयो ।