मृत्यु बिमा वापतको रकम हस्तान्तरण, बाँकि कर्जा मिनाहा

सोमबार, कात्तिक २६, २०८१

समता घरेलु लघुवित्त बित्तिय सस्थां लि. रानीपुर बर्दिया शाखाले संस्थाका एक सदस्यको मृत्यु भएपछि बिमा वापतको रकम प्रदान गर्नुका साथै कर्जा समेत मिनाह गरेको छ । 

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्वर २ खोलपुरस्थित सुमिता थारुको नजिकको हकदारलाई सस्थाको रानीपुर बर्दिया शाखाले दुई लाख २२ हजार ३३० रुपियाँ ४२ पैसा नगद र तिन लाख ५३ हजार ३०३ रुपियाँ कर्जा मिनाहा गरिएको हो । ।

खोलपुर अवस्थित बचत तथा कर्जा कारोबार गरिरहनु भएको सदस्य सुमिता थारुको मृत्युपछि बिमा बापतको रकम  प्रदान गरिएको हो । सस्थाका कोहलपुर बाँकेका अनुगमन अधिकृत अविनाश के.सी. र शाखा प्रमुख केशवदत्त जोशिले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

सदस्य सुमिता थारु रानीपुुर  शाखा अन्तर्गत गत २०७८ सालबाट समुहमा आवद्ध हुनुभएको थियो । शाखा प्रमुख केशवदत्त जोशीका अनुसार बिमित थारुको घरमै गएर उक्त रकम उपलब्ध गराईएको हो ।  

नेपाल राष्ट्र बैंक बाट 'घ' वर्गको इजाजतपत्र राष्ट्रिय स्तरको यस संस्थाले हाल देशभर ९९ वटा शाखा कार्यालयबाट बित्तीय सेवा दिदै आएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  २२:०५
प्रतिक्रिया दिनुहोस्