सोसल मिडिया
रुकुम पश्चिमको आठबिसकोटमा अटो रिक्सा दुर्घटना भएको छ ।
मंगलबार बेलुका आठबिसकोट नगरपालिका -९ को राडि बजारबाट चिसापानीतर्फ जाँदै गरेको १५५१ नम्वर लेखिएको अटो वडा नम्वर ११ को चौरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर पाँच जना घाईते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा परेर आठबिसकोट नगरपालिका १३ निवासी ३१ वर्षीया सरिता बुढा ओली, सोहि वडा निवासी ४२ वर्षीया कमला पुन, वडा नम्वर १४ निवासी ३५ वर्षीया मुना खत्री, उहाँका श्रीमान् ३८ वर्षीय कृष्ण पोखरेल र १५ महिनाको छोरा प्रदिप पोखरेल घाईते हुनुभएको छ ।
घाईतेहरुको साथमा रहनुभएका स्थानीय कपिल शर्माका अनुसार घाईतेहरुलाई अहिले उपचारको लागि आठबिसकोट नगर अस्पतालमा लिईएको छ । स्वास्थ्यकर्मीहरुले उहाँहरुको स्वास्थ्य अवस्था मध्यम रहेको बताएको शर्माले बताउनुभयो ।
अटोमा सवार सात जना मध्य अन्य दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । अटो चालक ललित परियारलाई आठबिसकोटस्थित प्रहरीले नियन्त्रणमा लिएको छ ।