Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विद्युत उत्पादनको लागि हेलिकप्टरबाट सामान ढुवानी

गाउँपालिकाको पहलमा ४६ किलोवाट क्षमताको जलविद्युत आयोजना सम्पन्न हुदै
२०७८ कार्तिक २५
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा विद्युत उत्पादन आयोजना सम्पन्न गर्नको लागि आज हेलिकोप्टरबाट सामान ढुवानी गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर १ मा निर्माणाधिन पाखा ओराली लघु जलविद्युत आयोजनालाई पूर्णता दिन हेलिकोप्टरबाट सामान ढुवानी गरिएको हो ।

जिल्लाको विकट क्षेत्र मानिने उक्त वडाको ओख्रेनामा गाउँपालिकाले ४६ किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । बिद्युत सामाग्रीलाई आयोजना स्थलसम्म पुर्याउन अन्य कुनै माध्यम नभएपछि सिम्रिक यएरको हेलिकोप्टर प्रयोग गरिएको आयोजना निर्माणको जिम्मा पाएका दिपक विसीले बताउनुभयो ।

उहाँका अनुसार रुकुमकोटमा रहेका पेनिस्टकपाइप, ट्रान्सफरमर, ई.एल.सि. प्यानल, जेनेरेटर, टरवाइन, वेसफ्रेस, एक्पान्स ज्वाइन्ट, ज्वानड्रफ्टयूव टर्वाइन र भल्व लगायतका सामाग्रीहरु हेलिकप्टेर मार्फत आयोजना स्थलसम्म पुर्याइएको छ ।

उक्त आयोजना निर्माणको जिम्मा गोक्यो इन्जिनीयरीङ कम्पनी लिमीटेड पाल्पाले लिएको छ । उक्त कम्पनीले २०७७ फागुनमा सिस्ने २ का दिपक विसीलाई आयोजना निर्माणको जिम्मा दिएको थियो । भौगोलिक विकटताका साथै सडक सुविधा नभएको उक्त ठाउँमा पुर्याउन ल्याइएको पेनिस्टकपाइप, ट्रान्सफरमर लगाएतका अधिकांस सामान रुकुमकोटमा थुप्रिएका थिए ।

केहि पोल, तारहरु आयोजना स्थल नजिक रहेका छन । बाकि रहेका सामानहरु रुकुमकोटबाट ढुवानी गर्ने तयारि गरिएको छ । अबको डेढ महिना भित्र विद्युत गृहमा वत्ति बाल्ने र यसै आर्थिक वर्षभित्र १ नम्बर वडाभरि विद्युत बाल्ने गरि काम गरि रहेको विसीले बताउनुभयो । अहिलेसम्म आयोजनाको नहर बनाउने, केहि ठाउँमा पोल गाड्ने लगाएतका कामहरु सम्पन्न गरिएको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्ष ०७७/७८ मा विद्युत आयोजना निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि कोरोना भाइरस कोभिड १९ को महामारीका कारण काम प्रभावित भएको थियो ।

आयोजना निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले एक करोड र सिस्ने गाउँपालिकाले एक करोड २० लाख गरि २ करोड २० लाख रुपैया छुट्याइएको छ । जसमा एक करोड २० लाख खर्च भएको छ, भने एक करोड खर्च हुन नसकेको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो ।

खर्च हुन नसकेको उक्त बजेटलाई क्रमागत योजना मार्फत यस वर्ष पनि राखिएको छ । यस वर्ष जसरी भएपनि आयोजनालाई पूर्णता दिने र १ नम्बर वडाका जनतालाई विद्युतको पहुचँमा पुर्याउने गरि काम भइरहेको अध्यक्ष बरालले बताउनुभयो । उक्त आयोजनाको काम सम्पन्न भएमा सिस्ने १ का ३ सय ८२ घरधुरी विद्युतको पहुँचमा पुग्ने छन ।

हेलिकोप्टरबाट धमाधम विद्युतका ठुला सामान पाखा ओरालीमा झरेको देखेपछि १ नम्बर वडाका नागरिकहरु खुशी भएका छन । वर्षौदेखी दियालोको भरमा जीवन गुजार्दै आएका उक्त क्षेत्रका नागरिक हरु बिद्युत निर्माण ले पुर्णता पाएमा आफुहरु अध्यारो बाट मुक्त हुने बिश्वास लिएका छन ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  २१:११
प्रतिक्रिया दिनुहोस्