रुकुम पश्चिममा कांग्रेसको सय दिने बिशेष सांगठनिक अभियान शुभारम्भ

वडा वडामा खटिने प्रतिनिधिहरु चयन
मंगलबार, कात्तिक २७, २०८१

नेपाली कांग्रेसले रुकुम पश्चिममा बिशेष सांगठनिक अभियानको शुभारम्भ गरेको छ । मंगलबार बी.पि.स्मृति भवन मुसिकोटमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिनेश कोईरालाले १०० दिने बिशेष सांगठनिक अभियानको शुभारम्भ गर्नुभएको हो ।

अभियानको शुभारम्भ गर्नुहुँदै कोईरालाले जनताको हित र अधिकारको लागि लड्ने पार्टी कांग्रेस नै भएको ईतिहासले पुष्टि गरेको बताउनुभयो । उहाँले राणाशासनका बिरुद्ध र प्रजातान्त्रिक शासन व्यवस्थाका लागि लडेको पार्टी नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकमा परिवर्तन भएको जनाउनुभयो । 

कोईरालाले बी.पि.ले अन्याय र अत्याचार नसहनु र जनताको हितको लागि काम गर्नु भनेर सिकाएको बाटोमा हिड्न कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो । १०० दिने अभियानका क्रममा रुकुम पश्चिमका कांग्रेसका कार्यकर्ताहरु बिचमा रहेर थप छलफल गर्ने उहाँको भनाई छ । 

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति प्रेम प्रकाश ओलीले केन्द्रिय कार्यसमितिको परिपत्र अनुसार एक सय दिने सांगठनिक अभियान सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँले जिल्लामा अभियानको शुभारम्भ गरेपछि पालिकाहरुमा अनुशिक्षण चलाउने र वडा वडामा कार्यक्रम सञ्चालन गर्ने जनाउनुभयो । यस क्रममा क्रियाशिल र साधारण सदस्यता विरतण, प्रशिक्षण, कार्यकर्ता भेटघाट लगायतका कार्यहरु हुने उहाँको भनाई छ । 

अभियानकै क्रममा माघ महिनाभित्र पार्टीका सबै भातृ संठगनहरुको अधिवेशन समेत सम्पन्न गरेर पार्टीलाई थप क्रियाशिल बनाउने सभापति ओलीले उल्लेख गर्नुभयो । अभियान समापन हुनुअघि तीन दिन जिल्लास्तरमा समिक्षा कार्यक्रम गर्ने बताईएको छ । 

नेपाली काँग्रेस रुकुम पश्चिमका प्रवक्ता लालबहादुर ओलीका अनुसार आजको कार्यक्रमबाट वडा वडामा प्रतिनिधिहरु खटाउने निर्णय गरिएको छ । जिल्लाका ६ वटै पालिकाका ७३ वडामा प्रतिनिधि खटाईएको र कार्यक्रमको समेत मिति तय गरिएको छ । 

प्रवक्ता ओलीका अनुसार सानीभेरी गाउँपालिकामा मंसिर २ गते, बाँफिकोट गाउँपालिकामा मंसिर ३ गते, आठबिसकोट नगरपालिकामा मंसिर ४ गते, चौरजहारी नगरपालिकामा मंसिर ५ गते, त्रिवेणी गाउँपालिकामा मंसिर ६ गते र मुसिकोट नगरपालिकामा मंसिर ७ गते सांगठानिक अभियान शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ ।

पालिकाका यी सबै कार्यक्रममा पार्टीका केििन्द्रय सदस्य कोईरालाको प्रमुख आतिथ्यता रहने र त्यसबेला बिशेष अनुशिक्षण समेत सञ्चालन गरिने नेपाली कांग्रेस रुकुम पश्चिमले जानकारी दिएको छ ।  

वडास्तरमा तोकिएका प्रतिनिधिहरुको विवरण :

1-1731464284.jpg

2-1731464281.jpg

3-1731464282.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  २१:५१
प्रतिक्रिया दिनुहोस्