डिग्रे मन्दिरका लागि डस्टविन वितरण

बुधबार, कात्तिक २८, २०८१

रुकुम पश्चिम । राप्ती समाज दक्षिण कोरियाले रुकुम पश्चिमको मुसिकोट नगरपालिका -५ थर्पुमा रहेको डिग्रे शाईकुमारी मन्दिरका लागि डस्टविन उपलब्ध गराएको छ । 

बुधबार मन्दिर परिसरमा पुगेर समाजका सल्लाहकार जीवन खड्काले १० हजार रुपियाँ बराबरका दस्तबिन प्रदान गर्नुभएको हो । 

वितरण कार्यक्रममा डिग्रे मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष शैलेन्द्र केसी, मन्दिरका पुजारी रामप्रसाद गौतम लगायतको सहभागीता रहेको थियो ।

डिग्रे मेलाको समयमा मन्दिरमा फोहोर धेरै बढ्ने भएका कारण फोहोर व्यवस्थापनमा सहजीकरण लागि डस्बिन सहयोग गरिएको राप्ती समाज दक्षिण कोरियाले जनाएको छ ।

डिग्रे मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष शैलेन्द्र केसीले डस्टविन प्रदान गरेकोमा समाजलाई धन्यबाद ब्यक्त गर्दै जसका कारणले मेलाको समयमा हुने फोहोर व्यवस्थापनमा ठुलो सहयोग पुग्ने बताउनुभयो।

समाजका सल्लाहकार खड्काका अनुसार साविकको राप्ती अञ्चलबाट दक्षिण कोरियामा रोजगारीको सिलसिलामा गएका नेपालीहरुले समाज मार्फत विभिन्न सामाजिक कार्यमा योगदान गर्ने गरेका छन ।

समाजमार्फत रुकुम पूर्वको रुकुमकोटमा अवस्थित कमल दहको फोहोर व्यवस्थापनका लागि पनि केहि दिनमा डस्टविन सहयोग गर्ने योजना बनाएको बताईएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्