रेडक्रस रुकुमद्वारा अपाङगता भएका व्यक्ति र विद्यालयलाई विभिन्न सामाग्री प्रदान

बुधबार, कात्तिक २८, २०८१

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाले अपाङता भएका व्यक्तिहरुलाई सहायता सामाग्री र विद्यालयहरुमा बालमैत्रीस्थल निर्माणका लगि सामाग्री प्रदान गरेको छ । 

आईएफआरसीको सहयोगमा सञ्चालिन कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रम अन्तर्गत रेडक्रसले उक्त सहयोग प्रदान गरेको हो । 

रेडक्रसका कार्यक्रम संयोजक सरोज थापाका अनुसार बुधबार त्रिवेणी गाउँपालिका वढा नम्वर ९ चौतारामा अपाङगता भएका व्यक्तिहरुलाई सहायता सामाग्री वितरण गरिएको छ । वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच चार जना अपाङगता भएका व्यक्तिहरुलाई सहायता सामाग्री प्रदान गरिएको हो । 

466612219_2572579829619086_969328174430191853_n-1731512875.jpg
त्यसैगरी रेडक्रसले त्रिवेणी गाउँपालिका तीन वटा विद्यालयमा बालमैत्रीस्थल निर्माणका लागि शैक्षिक सामाग्री तथा खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरेको छ । 

कार्यक्रम संयोजक थापाका अनुसार जनहित आधारभूत विद्यालय चौतारा, हिमालय जनता माध्यमिक विद्यालय नुवाकोट र बालकल्याण माध्यमिक विद्यालय टोड्केमा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो । 

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाका सभापति रमा गौतम, शाखाका अन्य पदाधिकारीहरु, कर्मचारीहरु लगायतको टोलीले उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो । 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  २१:३५
प्रतिक्रिया दिनुहोस्