सोसल मिडिया
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ५ को वडा अध्यक्ष पदको लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ ।
आगामी मंसिर १६ गते हुने उपनिर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालयमा चार जनाको उम्मेदवारी दर्ता भएको हो ।
मुख्य निर्वाचन अधिकृत रामप्रसाद बस्यालका अनुसार वडा अध्यक्ष पदका लागि नेकपा (माओवादी केन्द्र)का तर्फबाट जसीराम बस्नेत, स्वतन्त्र रुपमा बिरबहादुर बस्नेत, नेपाली काँग्रेसका तर्फबाट मोतिराम खत्री र नेकपा (एकिकृत समाजवादी) को तर्फबाट हंशराज पुरीको उम्मेदवारी दर्ता भएको छ ।
नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएका खत्री नेकपा (एमाले) र जनता समाजवादी पार्टीको तर्फबाट समेत उम्मेदवार रहनुभएको बताईएको छ ।
गत स्थानीय तह निर्वाचनमा काँग्रेसबाट निर्वाचित वडाध्यक्ष अलबहादुर खत्रीको गत वर्ष असामयिक निधन भएपछि मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।