सोसल मिडिया
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा विभिन्न राजनीतिक दलका सात जना र २ नम्वर वडा अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनको लागि आईतबार उम्मेदवारी दर्ता भएको हो ।
सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीले दिनुभएको जानकारी अनुसार नेकपा (माओवादी केन्द्र)बाट नरपुरा बुढा पुन, एमाले र कांग्रेसको गठबन्धनबाट कांग्रेसको चुनाव चिन्हबाट नेकपा (एमाले) का केशकुमारी तुलाचन, नेकपा (एकीकृत समाजवादी) बाट सुनिता बुढा, स्वतन्त्रबाट कोपिला पुन बुढा, मोहनभक्त बुढा, भिमकुमारी पुन र सुर्यदेवी सुनार गरी सात जनाले उपाध्यक्ष पदमा मनोनयन दर्ता गराउनुभएको छ ।
यसैगरी वडा नम्वर २ को उम्मेदवारमा माओवादी केन्द्रबाट जगत घर्ती, कांग्रेस-एमालेको गठबन्धनबाट एमालेका जीवन रोका र स्वतन्त्र उम्मेदारको तर्फबाट शुक्रराज विकले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
गएको चुनावमा यो गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका उपाध्यक्ष भुपेन्द्र बुढा मगर र २ नम्वर वडा अध्यक्ष जसबहादुर सिर्पाली विजयी हुनुभएको थियो । उहाँहरु दुवैको गत भदौ २२ गतेका दिन बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा भएको सवारी दुर्घटनामा परेर दुवै जनाको ज्यान गएको थियो ।