सोसल मिडिया
जाजरकोटको नलगाड नगरपालिकाको उप प्रमुख पदका लागि ६ जनाको मनोनयन दर्ता भएको छ । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि ६ राजनीतिक दलले उम्मेदवारी दर्ता गरेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार उपप्रमुख पदमा लागि नेपाली कांग्रेसका इन्द्रा चन्द सिंह, नेकपा (एमाले) का सुनिता बोहरा, नेकपा (माओवादी केन्द्र) का देवका लामिछाने, नेपाल समाजबवदीका पवित्रा जैसी , राष्ट्रिय स्वतन्त्र पार्टीका पार्वती पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुनिता पुन रावल र नेकपा (एकिकृत समावजादी) सुनिता बोहराको उम्मेदवारी दर्ता भएको छ ।
यसअघि २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित हुनु भएकी सरिता सिंहको गत वर्षको भूकम्पमा परी मृत्यु भएको थियो। अहिलेको उपनिर्वाचनमा कांग्रेसबाट उम्मेदवार बन्नु भएकी ईन्द्रा सरिताकी भाईबुहारी हुनुहुन्छ ।