सोसल मिडिया
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले सोमबार (भोली) सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाको वडा नम्वर ३ मा लाग्ने बेल्टापु मेलाको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीका अनुसार गत कात्तिक ७ गतेका दिन बसेको गाउँ कार्यपालिकाको बैठकले बेल्टापु मेलाको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको थियो ।
सोहि निर्णय बमोजिम मंसिर ३ गते सोमबारका दिन सानीभेरी गाउँपालिका भित्रका सम्पूर्ण शिक्षण संस्था र सरकारी कार्यालयहरुमा सार्वजनिक बिदा दिईएको हो ।
परम्परागत रुपमा लाग्दै आएको बेल्टापु मेला यस क्षेत्रको चर्चित मेला भित्र पर्दछ ।