मुसिकोटमा सुरु भयो रनिङ शिल्ड : बराहटाकुरामा उद्घाटन, ट्याखोलामा खेलकुद सञ्चालन

सोमबार, मंसिर ३, २०८१

रुकुम पश्चिमको मुसिकोट नगरपालिका अन्तर्गत शिक्षा, युवा ता खेलकुद शाखाको आयोजनामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । सोमबार मुसिकोट नगरपालिका १ बराहाटाकुरामा एक कार्यक्रमका बिच शिल्डको उद्घाटन गरिएको छ । 

मुसिकोट नगर प्रमुख महेन्द्र केसीले ब्यानर खोलेर र वाचन गरेर शिल्डको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा नगर प्रमुख केसीले हरेक वर्ष रनिङ शिल्ड सञ्चालन गर्ने क्रममा नगर कार्यपालिकाको निर्णय बमोजिम यस वर्ष पनि प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले बिद्यार्थीहरुमा रहेका अन्तरनिहित प्रतिभाहरु प्रष्फुटन गराउन यो प्रतियोगिता महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । गत वर्ष झै जिल्ला स्तरिय रनिङ शिल्डमा यस वर्ष पनि उत्कृष्ट नतिजा हाँसिल गर्न मुसिकोटका बिद्यार्थीहरु सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

467504924_555234527202433_7576657895165419694_n-1731940655.jpgमुसिकोट नगरपालिकाका शिक्षा अधिकृत नरेन्द्र ओलीले शिल्डमा नगरपालिका भित्रका १९ वटा माध्यमिक तहका विद्यालयले भाग लिएको जानकारी दिनुभयो । उहाँका अनुसार शिल्डको उद्घाटन खलंगामा रहेको बराहटाकुरामा गरिएतापनि अधिकांश खेलकुद प्रतियोगिताहरु वडा नम्वर ४, ६ र ११ को सिमानामा पर्ने ट्याखोलास्थित खेलमैदानमा सञ्चालन हुनेछन् । मार्सल आर्ट तर्फका प्रतियोगिताहरु बराहाटाकुरामा हुनेछन् भने अन्य खेलहरु ट्याखोलामा हुनेछन् । 

रनिङ शिल्ड व्यवस्थापन तथा सञ्चालन उपसमिति संयोजक तथा बालकल्याण मावि सोलाबाङका प्रधानाध्यापक भक्तबहादुर खड्काको अध्यक्षतामा भएको शिल्ड उद्घाटन कार्यक्रममा मुसिकोट नगर प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रकाश गिरी, शिक्षा अधिकृत विनाराम खड्का, वडा अध्यक्षहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतको आतिथ्यता रहेको थियो । 

उद्घाटन सत्रको अवसरमा विद्यार्थीहरुले मार्च पास गर्नुका साथै गित तथा नृत्य प्रस्तुत गरेका थिए । शिल्ड मंसिर ७ गते सम्म सञ्चालन हुने बताईएको छ । 

467206991_555236437202242_173745591013481490_n-1731940653.jpg
 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्