नेभिगेशन
कला/साहित्य

गजल - जि.एम. दिपु देपेन्द्र

  • गजल
कसैसँग मेल खाएमा संयोग हो भनी राख्नुपर्ने ?
यो कस्तो माहोल लेखेकै कारण दुश्मनी राख्नुपर्ने 
 
मुटुमा तिमी छौ सदैव ढुक्क हौ यो मेरो मुटु हो 
पहाडको बाटो होईन यो बारम्बार खनी राख्नुपर्ने 
 
म सोचिरहेछु छिमेकीलाई के पर्यो होला त्यस्तो ?
कोठामा कुकुर राखेर गोठमा जननी राख्नुपर्ने 
 
आफन्तबादबाट तिनीहरू माथी उक्लिनै सकेनन् 
लाग्छ कहिलेकाहीं त पराईको मन पनि राख्नुपर्ने 
 
कुहिनाको चोट जस्तै बनुन् मेरा गजलका शेरहरु 
मैंले सुनाएपछी एकछिन सुन्नेहरु रन्थनि राख्नुपर्ने ।
 
-चौरजहारी न.पा. ११, रुकुम पश्चिम
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य