सोसल मिडिया
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -५ को वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
मङ्सिर १६ गते हुने स्थानीय तह उप–निर्वाचन अन्तर्गत रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षका लागि उम्मेदवारी दिनुभएका नेकपा (एकीकृत समाजवादी) का हंशराज पुरी र स्वतन्त्र उम्मेदवार वीरबहादुर बस्नेतले उम्मेदवारी फिर्ता लिनुभएको हो ।
अब सानीभेरी गाउँपालिका वडा नम्वर ५ को वडा अध्यक्ष पदका नेपाली कांग्रेसका तर्फबाट मोतीराम खत्री र नेकपा (माओवादी केन्द्र)का तर्फबाट जसीराम बस्नेतको मात्र उम्मेदवारी कायम रहेको छ ।
निर्वाचन कार्य तालिका अनुसार आज उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ताका लागि समय दिइएको थियो ।
का.ग्रेस उम्मेदवारलाई नेकपा (एमाले) र नेपाल समाजवादी पार्टीले सघाउने भएका छन् भने नेकपा (माओवादी केन्द्र) का उम्मेदवारलाई नेकपा (एकीकृत समाजवादी) र नेकपाले सघाउने बताईएको छ । निर्वाचन तालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान हुने छ ।