सानीभेरी गाउँपालिका ५ को वडाध्यक्षमा कांग्रेस र माओवादी बिच प्रतिश्पर्धा

बुधबार, मंसिर ५, २०८१

आगामी मङसिर १६ गते रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ५ को वडा अध्यक्ष पदका लगि हुने उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को बिचमा प्रतिश्पर्धा हुने भएको छ । 

वडा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका नेकपा (एकिकृत समाजवादी) का हंशराज पुरी र स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका वीरबहादुर बस्नेतले उम्मेवारी फिर्ता लिएपछि कांग्रेस र माओवादी केन्द्रकै उम्मेदवार बिच प्रतिश्पर्धा हुने भएको हो । 

मुख्य निर्वाचन अधिकृत रामप्रसाद बस्यालका अनुसार सानीभेरी गाउँपालिका वडा नम्वर ५ को वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका मोतिराम खत्री र नेकपा (माओवादी केन्द्र)का जसिराम बस्नेतको मात्र उम्मेदवारी कायम भएको छ । 

नेपाली कांग्रेसका उम्मेदवारलाई नेकपा (एमाले) र जनता समाजवादी पार्टीको समर्थन रहेको बताईएको छ । त्यसैगरी माओवादी केन्द्रका उम्मेदवारलाई नेकपा (एकिकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले समर्थन गर्ने जनाईएको छ । यी तीन दल बिच समाजवादी मोर्चा समेत गठन भएर क्रियाशिल रहेको छ । 

२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएका अलबहादुर खत्रीको गत वर्ष उपचारको क्रममा निधन भएपछि रिक्त रहेको पदमा उप निर्वाचन हुन थालेको हो । 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्