सोसल मिडिया
'वरिष्ठ अधिवक्ता डा. नवराज गौतम फौजदारी कानुन पुरस्कार'बाट अधिवक्ता कमलप्रसाद इटनीलाई सम्मान गरिएको छ।
नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए नेपाल) को ३५ औँ स्थापना दिवसको अवसरमा आज आयोजित एक कार्यक्रमकाबिच सो पुरस्कार प्रदान गरिएको हो। इटनी लामो समयदेखि फौजदारी कानुनको अभ्यासरत हुनुहुन्छ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ निवासी वरिष्ठ अधिवक्ता गौतम लामो समय कानुन र न्यायको क्षेत्रमा क्रियाशिल हुनुहुन्थ्यो । उहाँको २०७८ सालमा हृदयघातबाट निधन भएको थियो।
उहाँको कानुन र न्यायको क्षेत्रमा अतुलनिय लगाव रहेकाले उहाँका छोरा अधिवक्ता रामचन्द्र (आरसी) गौतमले उहाँको स्मृतिमा नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) को स्थापना दिवसको अवसरमा पुरस्कारको घोषणा गर्नुभएको हो।
पाँच लाखको अक्षय कोषको स्थापना गरी हरेक वर्ष फौजदारी कानुनको क्षेत्रमा क्रियाशील एक जना अधिवक्तालाई डिएलए मार्फत सम्मानपत्र सहित नगद पुरस्कार प्रदान गरिएको छ। यो पुरस्कार प्रदान गर्न डिएलएले प्राध्यापक रञ्जितभक्त प्रधानाङ्गको संयोजकत्वमा समिति गठन गरिएको थियो।
वरिष्ठ अधिवक्ता गौतमलाई समग्र न्याय क्षेत्र तथा कर्णाली क्षेत्रको न्याय र कानूनका पथप्रदर्शकको रूपमा लिने गरिन्छ।