Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बिहानै रुकुमकोटमा ट्याक्टर पल्टियो

२०७८ कार्तिक २६
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको रुकुमकोटमा शुक्रबार बिहान ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा ५ स्थित धारापानीमा भएको ट्याक्टर दुर्घटना परेर ३ जना घाइते भएका छन् ।

रुकुमकोटबाट भूमे गाउँपालिका १ लुकुमतर्फ गैरहेको भे १ त ६५२ नंम्बरको ट्याक्टर बिहान ८ बजे अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक गणेश बहादुर श्रेष्ठले बताउनुभयो ।

दुर्घटनामा परी ट्याक्टर चालक रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ राडिका २२ बर्षका अम्मर बिक, उनका १६ बर्षका भाइ बिजय बिक र सह चालक जाजरकोट भेरी नगरपालिका २ का १८ बर्षका बिशाल बिक घाइते भएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

घाइतेहरुको रुकुम पूर्व अस्पतलमा उपचार भइरहेको छ । उनिहरुको अवस्था सामान्य रहको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  १०:११
प्रतिक्रिया दिनुहोस्