नेभिगेशन
समाज

शीतल माविका कार्यालय सहयोगी बिष्टको निधन

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -२ स्थित शीतल माध्यमिक विद्यालयका कार्यालय सहयोगी टेक बहादुर बिष्टको निधन भएको छ । 

चौरजहारी नगरपालिका -१ घारीगाउँ निवासी ४८ वर्षीय बिष्टको बुधबार निधन भएको हो । 

बिष्टका भाई यज्ञश बिष्टका अनुसार जन्डिसको संक्रमणका कारण उहाँ अस्वस्थ हुनुहुन्थ्यो । उपचारको लागि चौरजहारी अस्पताल लिईएको बेला आज उहाँको निधन भएको हो । 

बिष्टका एक श्रीमती, दुई छोरा र दुई छोरी हुनुुहुन्छ । उहाँ अत्यन्त कर्तव्यनिष्ठ, सहयोगी र मिलनसार हुनुुहन्थ्यो । उहाँको दुखद निधनले सिंगो गाउँ र विद्यालय परिवार स्तब्ध भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज