सोसल मिडिया
अमेरिकाको भर्जिनियामा शुक्रबार बिहान कार दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
चार जना सवार एउटा कार रुखमा ठोक्किदा दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएको बताईएको छ ।
दुर्घटनामा परेर रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –७ का सुरेश केसीको मृत्यु भएको खबर आएको केसीको पारीवारीक श्रोतले जानकारी दिएको छ । मृतक केसी केही महिना अघि मात्र अवैध बाटो हुँदै अमेरिका पुगेको बताईएको छ ।
अर्का मृतकको भने पहिचान सार्वजनिक भएको छैन । दुर्घटनामा परेका चारै जना नेपाली हुन् । कार चालक ३० वर्षीय विजय तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्का एक जना घाईते उपचाररत छन्।
चालकले मदिरा सेवन गरेर कार चलाएको कारण अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने आशंका रहेको छ ।