सोसल मिडिया
अमेरिकाको भर्जिनियामा चार जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको परिचय खुलेको छ ।
२२ नोभेम्बरको मध्यराति १२ बजे भर्जिनियाको च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको कार दुर्घटनामा चार मध्ये २ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा रुकुमको आठबिसकोट नगरपालिका-७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदी रहेको खुलेको छ । कारचालक ३० वर्षीय विजय तामाङ सुरक्षित छन् । कारमा सवार काठमाडौंका मेहुल श्रेष्ठ घाइते रहेको र उनको उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानबाट कार तीव्र गतिमा रहेको र चालकले अत्यधिक मदिरा सेवन गरेर कार चलाएको भनिएको छ । कारचालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको र दुई जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको छ ।