सोसल मिडिया
काठमाडौं । गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारी संस्थाबाट लिएको ऋण र अन्य कारोबारबारे आफूलाई जानकारी नभएको दाबी गर्दै आएका रवि लामिछानेले सहकारीलाई चेक काटेर दिएको फेला परेको छ ।
लामिछानेको हस्ताक्षरसहितको चेक बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारी संस्थालाई बुझाएको अनुसन्धानका क्रममा भेटिएको प्रहरी स्रोतले पुष्टि गरेको छ ।
गोर्खा मिडिया नेटवर्कले रवि लामिछानेको हस्ताक्षरसहित सुप्रिम सहकारीलाई गरेको भुक्तानीको चेक फेला पारेका छौं’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘उहाँसँग यसबारे सोधपुछ र लिखित बयान भइसकेको छ, सहकारी ठगीको अभियोगमा उहाँको संलग्नता पुष्टि गर्ने यो महत्वपूर्ण प्रमाण हो ।’
प्रहरी स्रोतका अनुसार, रुपन्देहीको सुप्रिम सहकारीबाट पटकपटक रकम लिएको गोर्खा मिडिया प्रा.लि.ले त्यही सहकारीलाई ४० लाख ४२ हजार रुपैयाँ फिर्ता गरेको छ, तिनमा लामिछानेको पनि हस्ताक्षर छ ।