नेभिगेशन
समाज

रुकुममा आफ्नै छोराले बुवालाई चक्कु हानेर हत्या गरे

रुकुम पश्चिममा चक्कु प्रहारबाट एक पुरुषको हत्या भएको छ ।  आठबिसकोट नगरपालिका -१० स्थित घारीखोलामा आईतबार बेलुका आफुलाई जन्मदिने बुवालाई छोराले चक्कु प्रहार गरेर हत्या गरेका हुन्। 

घारीखोलाका २१ बर्षीय वीर बहादुर केसीले ५१ वर्षीय बुवा द्रबे केसीको हत्या गरेको वडा अध्यक्ष गणेश कुमार शाहले जानकारी दिनुभयो । उहाँका अनुसार पेटमा चक्कु प्रहारपछि केसीको ज्यान गएको हो । बुवालाई चक्कु प्रहार गरेर वीरबहादुर जंगल तिर भागेको बताईएको छ ।

घटनाबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको बताईएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । 

स्थानीयका अनुसार बुवाले कान्छी श्रीमती ल्याएको भन्दै घरमा विवाद हुने गरेको थियो । हत्याको कारणभने अनुसन्धान पछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज