Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनप्रतिनिधिलाई छोटे राजा भनेपछि सेवाबाट बञ्चित

२०७८ कार्तिक २६
tribeni2

सल्यान / आफूलाई छोटे राजा भनेको भन्दै सल्यानको एक वडा कार्यालयले सेवाग्राहिलाई सेवाबाट बञ्चित गरेको छ ।

बागचौर नगरपालिका ४ नम्वर वडा कार्यालयले वडा अध्यक्ष र जनप्रतिनिधिलाई छोटे राजा भनेको भन्दै कार्यालयबाट दिईने सम्पूर्ण सेवाबाट बञ्चित गरेको जनाएको छ । आफ्नै वडा निवासी दिलबहादुर केसीलाई वडा कार्यालयले कुनै पनि सेवा नदिने जनाएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा वडा अध्यक्ष र जनप्रतिनिधिलाई छोटे राजाको दमनको संज्ञा दिई सामाजिक सञ्जाल फेसबुकमा चरित्रहत्या गरेको, भ्रम छरेको भन्दै आज एक विज्ञप्ती जारी गरेर केसीलाई वडा कार्यालयबाट दिईने सेवा सुविधा बञ्चित गराएको जनाईएको छ ।

वडा अध्यक्ष प्रेमबहादुर पुनद्धारा जारी बिज्ञप्तीमा केसीले कमजोरी नसच्याएसम्म सेवाबाट बञ्चित गरिएको उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  १४:११
प्रतिक्रिया दिनुहोस्