उपनिर्वाचनमा अनुमतिबिना सवारी साधन सञ्चालन गरे २५ हजार जरिवाना

सोमबार, मंसिर १०, २०८१

काठमाडौँ। निर्वाचन आयोगले उपनिर्वाचनका दिन अनुमतिबिना सवारी साधन सञ्चालन गरेको पाएमा २५ हजार रुपियाँ जरिवाना हुने जनाएको छ ।

आइतबार आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले यही मङ्सिर १६ गते हुने उपनिर्वाचनको दिन अनुमतिबिनाका सवारी साधन सञ्चालन गरेको पाइए २५ हजार रुपियाँ जरिवाना तोकिएको जानकारी दिनुभयो ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २५(१) मा निर्वाचन प्रचारको सिलसिलामा राजनीतिक दल तथा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको सङ्ख्याभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएको बाहेक अन्य सवारी साधन प्रयोग गर्न वा गराउन हुँदैन भन्ने प्रावधान रहेको प्रवक्ता अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्