सोसल मिडिया
रुकुुम पश्चिम । रुकुुम पश्चिममा सुरक्षित आवास सचेतनाको लागी तालिम संचालन गरिएको छ । जिल्लाको सानीभेरी गाउँपालिकाका वडा नम्बर एक र दुइको गिठाकोटमा र चाइनवगरमा उक्त तालिम संचालन गरिएको सहजकर्ता रमेश खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडामा आइओएमको आर्थिक सहयोगमा सुरक्षित आवास सचेतनाको लागि जम्मा ५१ जना सहभागीहरु तालिम दिइएको हो । भूकम्प पश््चात सुरक्षित आवास नभएकोले पुनः निर्माणमा कसरी घर बलियो र सुरक्षित बनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिइएको थियो ।