Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मनकामना पुन:निर्माणमा खर्च भयो १४ करोड

स्थानीय र भक्तजनको १५ करोड बढी उठ्यो
मुलपाटी/गोरखा
tribeni2

२५ फागुन ।

गोरखाको मनकामना मन्दिर पुन निर्माणमा १४ करोडभन्दा बढी खर्च भएको छ । मन्दिर पुन निर्माणमा पुरातत्व विभागको चार करोड खर्च भएको छ भने बाँकी स्थानीय र भक्तजनको सहयोगबाट हो ।

भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनःनिर्माणका लागि रु १४ करोडभन्दा बढी रकम खर्च भएको छ । 

मन्दिर निर्माणका लागि कूल रु १४ करोड ६४ लाख खर्च भएको मन्दिर जीर्णोद्धार समितिका कोषाध्यक्ष कृष्णबाबु श्रेष्ठले जानकारी दिए ।

मन्दिर निर्माणका लागि सबैभन्दा धेरै खर्च सुनमा भएको छ । मन्दिरको छाना, गजुर, झ्यालढोकालगायतमा सुनको मलम्बा लगाउन १८ केजी सुन खर्च भएको जीर्णोद्धार समितिले जनाएको छ । 

मन्दिर निर्माण गर्दा कर्मचारीतर्फ कूल रु ५५ लाख ६५ हजार र प्रशासनिकतर्फ रु ६२ लाख ४१ हजार खर्च भएको छ । त्यस्तै मन्दिर निर्माणको ज्याला, निर्माण सामग्री, सुनलगायत गरी रु १३ करोड ४६ लाख ८० हजार खर्च भएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

मन्दिर जीर्णोद्धार समितिले चन्दा बाकस, बैंकमार्फत र विभिन्न रसिदमार्फत मन्दिर निर्माणका लागि सहयोग सङ्कलनको अभियान चलाएको थियो । 

अभियानबाट नगद तथा जिन्सी गरी रु १५ करोड २७ लाख २१ हजार ९२८ सङ्कलन भएको र बाँकी रकम रु एक करोड ४० लाख ४४ हजार ७०४ बैंक ब्याजबाट आम्दानी भएको थियो । मन्दिर जीर्णोद्धारपछि समितिको खातामा अहिले कूल रु पाँच करोड ८६ लाख मौज्जाद रहेको बताइएको छ ।

करीब ३०० वर्ष अघि निर्माण भएको मनकामना मन्दिर विसं १९९० को भूकम्पले दक्षिण पश्चिमतर्फ छ इञ्च ढल्किएपछि २०६८ सालमा मन्दिर जीर्णोद्धारका लागि छलफल चलेको थियो । विसं २०७२ को भूकम्पले मन्दिर पूर्णरुपमा क्षति पु¥याएपछि पुनःनिर्माण गरिएको हो ।

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  १०:०३
प्रतिक्रिया दिनुहोस्