Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भोलि मुसिकोटमा 'युवासँग महालक्ष्मी अभियान'को जिल्ला सम्मेलन

२०७८ कार्तिक २६
tribeni2

रुकुम पश्चिम / मुसिकोटमा भोलि शनिबार युवासँग महालक्ष्मी लाईफ इन्स्योरेन्स बिमा जागरण राष्ट्रीय अभियानको जिल्ला सम्मेलन हुने भएकोले छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड रुकुम शाखाको आयोजनाका उक्त अभियान हुन लागेको हो । महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. रुकुम शाखाका प्रमुख ब्युँझना पुन देवकोटाका अनुसार अभियानले जिल्ला सम्मेल कमिटी समेत चयन गर्नेछ ।

युवाहरुलाई स्वरोजार बनाउँने र समाजलाई समृद्धिको दिशातिर उन्मुख गर्ने उद्धेश्यका साथ उक्त अभियान थालिएको प्रमुख देवकोटाले बताउनुभयो । उहाँका अनुसार प्राप्त बिमा बिजनेसको आधारमा अभिकर्ता मध्यबाट कमिटि बनाइने छ । त्यसपछि जिल्लाका पालिका स्तरमा स्थानीय अभिकर्ता र अन्य युवाहरुो सहभागितामा कमिति बनाउने योजना रहेको छ ।

युवा सँग महालक्ष्मी लाईफ इन्स्योरेन्स बिमा जागरण राष्ट्रीय अभियानको जिल्ला सम्मेलनमा जिल्ला समन्वय समिति रुकुम पश्चिमका उप प्रमुख इन्दीरा बि.एम. प्रमुख अतिथि र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.का उप क्षेत्रिय प्रमुख कृष्णप्रसाद पोखरेल बिशेष अतिथिको रुपमा रहनुहुने जनाइएको छ ।

सम्मेलनमा ६० बढि युवाहरुको सहभागिता रहनेछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्