सोसल मिडिया
गजलकार जि.एम.दिपु देपेन्द्रको शब्द सिर्जना रहेको मर्मस्पर्शी आधुनिक गित ‘तिमीलाई अझै धर्म लाग्छ’ सार्वजनिक भएको छ ।
दुखाउन छोड्यो अतितले अब अतितनै मिठो भयो लगाउन आउ नयाँ घाउँ पुरानो घाउ निकोे भयो ...
शुक्रबार जि.एम. दिपु देपेन्द्र युट्युब च्यानलबाट भिडियो सहितको यो गित सार्वजनिक गरिएको हो । यो गित प्रेम, बिछोड, भ्रममा आधारित रहेको छ ।
रुकुम पश्चिमको चौरजहारी निवासी सर्जक दिपुको शब्द सिर्जना रहेको यस गितमा लोकप्रिय गायक शिव परियारको स्वर रहेको छ भने गायक तथा संगितकार राजकुमार बगरको सुमधुर संगित रहेको छ ।
त्रिशा के.सी.को निर्देशन रहेको यस गितको भिडियोमा कलाकार आश्मा गिरी, अनुप जंग थापा, सोनि बि.सी., जि.एम.दिपु देपेन्द्र लगायतले जीवन्त अभिनय गर्नुभएको छ ।
यस अघि सर्जक दिपुको सन्देश, खतरा धेरैभो, महंगो भो तिम्रो माया लगायतका गजल गित सार्वजनिक भएका छन् । खतरा धेरै भो र महंगो भो तिम्रो माया बोलको गित सर्वाधिक रुचाईएको थियो ।