सोसल मिडिया
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदका लागि आज भईरहेको उपनिर्वाचन अन्तर्गत शान्ति पूर्ण रुपमा मतदान भईरहेको छ ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय घापागारमा रहेको मतदानस्थलमा बिहान ७ः२५ बजेबाट मतदान सुरु भएको हो । सहायक निर्वाचन अधिकृत गोविन्द प्रसाद कोइरालाका अनुसार दिउँसो १२ बजेसम्म ४२ प्रतिशत मत खसेको छ ।
यहाँ कायम गरिएको एक मतदानस्थलमा दुई केन्द्र बनाईएको छ । मतदान केन्द्र (क) मा सात सय र केन्द्र (ख) मा ७३४ मतदाता गरेर यहाँ जम्मा एक हजार ४३४ जना मतदाता रहेका छन् । मतदाता मध्य ७४४ पुरुष र ६९० महिला रहेका छन् ।
दिउँसो १२ बजे सम्म ६०९ जनाले मतदान गरेका छन् । ३२७ जना महिला र २८२ जना पुरुषले मतदान गरिसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अहिलेसम्म शान्तपूर्वक मतदान भईरहेको छ । बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक वडाध्यक्ष पदका लागि दुई जना उम्मेदवार बिच प्रतिस्पर्धा रहेको छ । नेपाली कांग्रेसका तर्फबाट मोतिराम खत्री र नेकपा (माओवादी केन्द्र) का तर्फबाट जसीराम बस्नेत वडा अध्यक्षका उम्मेदवार हुनुहुन्छ ।