सोसल मिडिया
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदका लागि आज भईरहेको उपनिर्वाचनमा ७९.१५ प्रतिशत मत खसेको छ ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय घापागारमा रहेको मतदानस्थलमा बिहान ७ः२५ बजेबाट मतदान सुरु भएको हो । सहायक निर्वाचन अधिकृत गोविन्द प्रसाद कोइरालाका अनुसार दिउँसो ३ बजेसम्म ७९.१५ प्रतिशत मत खसेको छ ।
जम्मा एक हजार ४३४ मतदाता मध्य एक हजार १३५ जनाको मत खसेको हो । दिउँसो ३ बजे सम्म ६०३ जना पुरुष र ५३२ जना महिलाले मतदान गरेका छन् ।
यहाँ कायम गरिएको एक मतदानस्थलमा दुई केन्द्र बनाईएको छ । मतदान केन्द्र (क) मा सात सय र केन्द्र (ख) मा ७३४ मतदाता गरेर यहाँ जम्मा एक हजार ४३४ जना मतदाता रहेका छन् । मतदाता मध्य ७४४ पुरुष र ६९० महिला रहेका छन् ।
अहिलेसम्म शान्तपूर्वक मतदान भईरहेको छ । बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।