Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वबाट दांग जादै गरेको जिप रानीकोटमा दुर्घटना, ११ जना घाइते

२०७८ कार्तिक २६
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ नम्वर वडाको रानीकोटमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परि ११ जना घाइते भएका छन् ।

जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ राङसीबाट दाङ जाँदै गरेको लु १ ज १६८८ नम्बरको जिप आज बेलुकी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठका अनुसार घाइते ११ जना मध्ये १ जनाको रुकुम पूर्व अस्पतालमा उपचार भइरहेको छ । उपचाररत पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ का सम्झीपुरा सुनारको टाउकोमा चोट लागेको बताइएको छ ।

अरु सबै सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । प्रहरीका अनुसार ब्रेक फेल भएर जिप सडकमै पल्टीएको हो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  २०:११
प्रतिक्रिया दिनुहोस्